ब्याक टु नेपाल : मातृभूमि तपाईंलाई पर्खिरहेकी छिन् ...

नेपाल जानु अघि के गर्ने/के नगर्ने? महत्वपूर्ण जानकारीहरु

मातृभूमिले तपाईंलाई खोजिरहेकी छिन्, अब त ढिला नगर्नुहोस् । फर्किनुहोस् नेपाल । परिवर्तनको यो महाअठोटमा संसारभरबाट नेपाल फर्कौं र देश परिवर्तनमा जुटौं । अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कस्ले गर्ने ?

दोस्रो विश्वयुद्धयता आफ्नो मातृभूमि छाडेर लाखौं नेपाली बाहिर-बाहिर भए, बाहिरबाहिर गए ! जसको रगत पसिनाले मातृभूमि सिञ्चित हुनुपथ्र्यो, त्यो सब बाहिरबाहिरै पोखियो र बने अरु दर्जनौं देशहरु ! आज विश्व समृद्धि र परिवर्तनको सगरमाथातिर उकालो लागिरहेछ, हामी बाहिरबाहिरै परिवर्तनको पर्यटक भइरहेका छौं ! अब धेरै बित्यो जाऔं, आमाको नाभि गाडिएको देश, आफ्नो सालनाल गाडिएको माटो सुम्सुम्यान जाऔं । हामी तपाईंलाई मातृभूमिको माटोको सुवास महशुस गराउँछौं ।

नेपाल किन फर्किने ?

August 1 — December 1

नेपाल गएर के गर्ने ?

October 1 — December 1

फर्किने, तर कसरी ?

August 1 — December 1

नेपाल गए के हुन्छ, नगए के हुन्छ ?

October 1 — December 1

विदेशमा आर्जन गरेको सिप, शिक्षा र सम्पतिको सदुपयोग कसरी गर्ने ?

मातृभूमिमा हुनुहुन्छ वा पृथ्वीको जुनकुनै ध्रुवमा । जहाँसुकै जस्तोसुकै भएपनि परिस्थिती, हामीलाई तपाईंको साथ, सहयोग र समय चाहिएको छ अनि अठोट, संकल्प र सक्रियता चाहिएको छ । धेरै भयो हामी थोपाथोपा र सानासाना खहरे भएर बगेको, धेरै भयो हाम्रा प्रयासहरु अज्ञात विलीन भएको, खेर गएको वा सँस्थागत हुननसकेको । अब एउटै भेल भएर बग्नुछ, एउटा खास धक्का सिर्जना गरेर स्वाभिमानपूर्ण परिवर्तनको रचना गर्नु छ । मातृभूमिमा वास्तविक परिवर्तन दिनका लागि, आमाको मुहारमा स्वाभिमानको उज्यालो दिनको लागि एक पटक हामीले सवैतिरबाट खास बल लगाउनुछ । तपाईं जहाँ भएपनि यो अभियानका लागि शब्द, आवाज र सक्रियता दिनुभयो भने हामीले नै कोर्ने छौं स्वाभिमानको नयाँ इतिहास । र, यसैका लागि यो अभियानको जन्म भएको हो ।

#BACKTONEPAL अभियानको सदस्य बन्नुहोस् र एक विशेष सञ्जालमा जोडिनुहोस् । यस्ले तपाईंलाई नेपाल किन जाने, कसरी जाने, नेपाल गएर के गर्ने, नेपालमा कोसँग सम्पर्क गरेर अगाडि बढ्ने दिशानिर्देश गर्नेछ !

सदस्य बन्नका लागि यहाँ क्लिक गर्नुहोस् र तपाईंको बारेमा सामान्य जानकारी गराउनुहोस् ।

हामी तपाईंलाई यसरी सहयोग गर्नसक्छौं …